काठमाडौँ महानगरले कार्यपालिका बैठक बोलाएको छ। शुक्रबार दिउँसो २ बजे बैठक बोलाइएको महानगरका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँले जानकारी दिए।
उनका अनुसार बिहान ११ बजे राजस्व परामर्श समितिको बैठक बस्नेछ भने त्यसपछि दिउँसो २ बजे कार्यपालिका बैठक बस्नेछ।
महानगरका मेयर बोलेन्द्र शाह र अन्य जनप्रतिनिधिबीच विवाद हुँदा ६ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको थिएन। यही विवादकै कारण महानगरले बजेट समेत ल्याउन सकेको छैन्।