भियतनामका उपराष्ट्रपति सुआन नेपाल भ्रमणमा

 समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणमा आइपुगेकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् ।

उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरेका थिए ।

त्यस अवसरमा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तित्व उपस्थित थिए । उपराष्ट्रपति सुआनले उनको सम्मानमा नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनरको निरीक्षण गरेकी थिईन् ।

उनीसँग आजै परराष्ट्रमन्त्री डा.राणाले शिष्टाचार भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । उनी भदौ ९ गतेसम्म नेपालको भ्रमण गर्ने बताइएको छ ।

भियतनामकोतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच भदौ ८ गते काठमाडौँमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ ।

रास्वपामा जिम्मेवारी बाँडफाँडः केही चर्चित नेता सचिवालयबाहिर, फरक धारका नेतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र

Read More »

भारतीय सेनाध्यक्षलाई मानार्थ दिने समारोहमा प्रधानमन्त्री जाने परम्परामा बालेनको ‘ब्रेक’

 नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले

Read More »