रवि लामिछानेलाई न्यूनतम सुविधाबाट बञ्चित गरिएको छैन : गृहमन्त्री लेखक

काठमाडौं, गृहमन्त्री रमेश लेखकले रुपन्देही कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई न्यूनतम सुविधाबाट बञ्चित नगरिएको स्पष्ट पारेका छन् । बुधबार बसेको प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

मानवअधिकारको टोलीले कारागारको स्थलगत अध्ययन गरेको र आफ्नो धारणा सार्वजनिक गरेको अवस्थामा गृहमन्त्री लेखकले आज संसदीय समितिमा यस्तो प्रष्ट पारेका हुन् । उनले लामिछानेलाई मानवोचित र सबै कैदीहरूले बन्दीहरूले पाइरहेको सुविधा दिइएको दाबी गरे ।

यस्तै, लामिछानेलाई कारागार सार्ने कुरा पनि अघि बढेको जानकारी दिए । उनले भने,‘कारागार सार्ने कुरा अघि बढेको छ ।’ आजमात्रै रविपत्नी निकिता पौडेलले गृहमन्त्री लेखकलाई नै सम्बोधन गरेर कारागार सार्ने कुरामा पनि चलखेल गरेको भन्दै कडा आरोप लगाएकी थिईन् । उनले आफू पति लामिछानेको न्यायको लागि अन्तर्राष्ट्रिय अदालतसम्म जाने घोषणा गरेकी छिन् ।