रवि लामिछानेलाई काठमाडौं लगिंदै

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज दिउँसो काठमाडौं लगिंदै छ ।

बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो ।