प्रधानमन्त्री ओलीले नाडा अटो शो २०२५ को उद्घाटन गर्ने

 प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ ३ गतेदेखि सुरु हुने नाडा अटो शो–२०२५ को उद्घाटन गर्ने भएका छन् । हिजो (आइतबार) नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई भेटेर निमन्त्रणा गरेको हो । भदौ ३ गतेदेखि भदौ ८ गतेसम्म काठमाडौंको भृकुटी मण्डप परिसरमा आयोजना हुने १७औं संस्करणको नाडा अटो शो को प्रमुख अतिथि प्रधानमन्त्री ओली हुनेछन् ।

उक्त भेटघाटमा अध्यक्ष चौधरीले नाडा स्थापनाको ५० औं वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको कुरा प्रधानमन्त्री ओलीसमक्ष राखेक ाथिए । चौधरीले यस वर्षको अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू र विन्टेज मोटर शो रहने जनाएका छन् ।