बाढीपीडितका लागि भारतबाट थप ३७.५ टन राहत सामग्री पठाइयो, सहयोग जारी राख्ने प्रतिबद्धता

 रसुवाको भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले पठाएको थप ३७.५ टन राहत सामग्री बोकेको दोस्रो विमान नेपालका लागि उडान भरेको छ। 

भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले सामाजिक सञ्जाल एक्समार्फत ३७.५ टन मानवीय सहायता, विपद् राहत सामग्री, औषधि र खाद्यान्न बोकेको विमान काठमाडौँतर्फ प्रस्थान गरेको जानकारी दिएका हुन्।

विदेशमन्त्री जयशङ्करले ‘भारत नेपालका अधिकारीहरूसँग निरन्तर र निकट सम्पर्कमा रहेको’ बताएका छन्। उनले जारी राहत प्रयासमा भारतले निरन्तर बलियो सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएका छन्। 

रास्वपामा जिम्मेवारी बाँडफाँडः केही चर्चित नेता सचिवालयबाहिर, फरक धारका नेतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र

Read More »