भारतीय सहयोगमा निर्मित कुमारी छेँ र नयाँ कुमारीनिवास उद्घाटन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र  प्रतिनिधिसभा सदस्य एवं पूर्वसञ्चारमन्त्री जगदीश खरेलले  पाटनस्थित नयाँ पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थलहरू कुमारी छेँ र नयाँ कुमारीनिवासको सोमवार संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

भारत सरकारले ०७२ सालमा गएको नेपालको गोर्खा भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग (करिब पाँच करोड रुपैयाँ लागत)मा यी सम्पदा तयार भएका थिए । 
उद्घाटन नेपाल सरकार, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का अधिकारीहरू, स्थानीय समुदायका प्रतिनिधिहरू तथा काठमाडौंस्थित भारतीय राजदूतावासका अधिकारीहरू सहभागी थिए । 

भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग करिब ने.रु. पाँच करोड लागतमा श्री कुमारी छेँ र नयाँ कुमारीनिवासको पुनर्निर्माण गरिएको थियो ।  केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास)द्वारा कार्यान्वयन गरिएको हो जसको डिजाइन र परियोजना व्यवस्थापन परामर्श सेवा इन्डियन नेसनल ट्रस्ट फर आर्टस् ट्र्स एन्ड कल्चरल हेरिटेजले उपलब्ध गराएको थियो ।

पूर्वसञ्चारमन्त्री जगदीश खरेलले सम्पदाहरूको पुनर्निर्माणमा स्थानीय बासिन्दाहरुको योगदानको प्रशंसा गर्दै जीवित सम्पदा स्थलहरूको संरक्षणको महत्त्वमा जोड दिएका छन् । उनले  सम्पदा स्थलहरूको पुनर्स्थापना पहलमा भारत सरकारले प्रदान गरेको सहयोगको प्रशंसा गरे । 

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर र अन्य जिल्लाहरूका सांस्कृतिक सम्पदा स्थलहरू पुनर्निर्माण र पुनर्स्थाथापनामा भारत सरकारले पुर्‍याएको महत्त्वपूर्ण योगदानको प्रशंसा गरे । 

भारतीय राजदूत श्रीवास्तवले नेपालका ऐतिहासिक धरोहरहरूको पुनर्स्थापनाका लागि भारतको निरन्तर सहयोग रहँदै आएको बताए । उनले यी पुनर्निर्मित संरचनाहरू दुई देशबिचको साझा सम्पदा र मित्रताको चिरस्थायी प्रतीकको रूपमा उभिएको बताए । 

भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण सहायतामार्फत नेपालका आठवटा जिल्लाका ३० वटा सांस्कृतिक सम्पदा स्थलहरूको संरक्षणमा सहयोग पुर्‍याएको छ । भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी आवासहरूको पुनर्निर्माण, आठवटा जिल्लामा ८५ वटा शैक्षिक संस्थाहरूको पुनर्निर्माण तथा नेपालका ११ वटा जिल्लामा १३३ वटा स्वास्थ्य संस्थाहरूको पुनर्निर्माणमा समेत सहयोग गरेको छ ।

रास्वपामा जिम्मेवारी बाँडफाँडः केही चर्चित नेता सचिवालयबाहिर, फरक धारका नेतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र

Read More »

भारतीय सेनाध्यक्षलाई मानार्थ दिने समारोहमा प्रधानमन्त्री जाने परम्परामा बालेनको ‘ब्रेक’

 नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले

Read More »