डिपोर्ट गरिएकी इन्डोनेसियाली महिलाको दाबी : ‘प्रहरी अधिकृतले यौनसम्पर्कका लागि दबाब दिए’काठमाडौं । पर्यटक भिसामा नेपाल आएकी एक इन्डोनेसियाली महिलाले आफू पक्राउ परेको क्रममा प्रहरी अधिकृतबाट दुर्व्यवहार भएको गम्भीर आरोप लगाएकी छन्।काठमाडौँको ठमेलस्थित एक होटलबाट पक्राउ परेकी ३७ वर्षीया ती महिलाले आफूलाई सहमतिविपरीत यौनसम्पर्क गर्न दबाब दिइएको दाबी गरेकी हुन्। अध्यागमन विभागको निर्णयपछि नेपालबाट डिपोर्ट भएकी उनले राष्ट्रिय मानव अधिकार आयोगलाई इमेल पठाउँदै घटनाबारे छानबिन गर्न आग्रह गरेकी छन्।महिलाका अनुसार ठमेलको सम्झना स्ट्रिटस्थित सेकेन्ड होम होटलमा पक्राउ परेपछि एक जुनियर प्रहरी अधिकृतले आफूलाई यौनसम्पर्कका लागि दबाब दिएका थिए। आफूले अस्वीकार गर्दा जेलमा हालिदिने धम्कीसमेत दिइएको उनको आरोप छ।उनले घटनालाई आफ्नो अधिकारमाथिको गम्भीर उल्लंघन भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएकी हुन्।यता प्रहरीले भने अनुसन्धानका क्रममा महिलाले आरोप लगाएको व्यक्ति प्रहरी अधिकृत भएको पुष्टि नभएको जनाएको छ। प्रहरीले ती महिलाले आफूविरुद्ध बलात्कारसम्बन्धी औपचारिक जाहेरीसमेत नदिएको बताएको छ।घटनाबारे महिलाको आरोप र प्रहरीको भनाइबीच विरोधाभास देखिएको छ। आरोपको स्वतन्त्र पुष्टि हुन भने बाँकी छ।
काठमाडौँका निजी होस्टललाई २१ मापदण्ड अनिवार्य, एक महिनाको समय
काठमाडौँ । विद्यार्थीमाथि दुर्व्यवहार, मनपरी शुल्क असुली, कमजोर पूर्वाधार तथा सरसफाइ