म हार्दिनँ, देखेको लेख्न छोड्दिनँ : पत्रकार श्रेष्ठ

अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् । उनलाई सोमबार अदालतले छोड्न आदेश दिएको थियो ।

रिहा भएपछि पत्रकार श्रेष्ठले हिरासतमा कानुन व्यवसायीलाई समेत भेट्न नदिएको बताए । उनले यस्ता हर्कतको सुरूवात  मात्र भएको र अब अरूलाई पनि यस्तै हुने शंका गरे ।

उनले आफूले देखेको समाचार लेख्दा विगतमा पनि यस्ता सत्ताका ज्यादती बेहोरेको उल्लेख गर्दै उनले आफू नहारेको बताए ।

‘कानुन  व्यवसायीलाई समेत  भेट्न दिएनन् । तर मैले हारेको छैन । म हार्दिनँ । म नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ,’ पत्रकार श्रेष्ठले भने ।

उनले गौरीबहादुर कार्कीको प्रतिवेदन बाहिर ल्याएदेखि नै केहीलाई चित्त नबुझेको बताए । उनले सरकारलाई कानुन हातमा लिएर राज्यका संयन्त्रहरूलाई नचलाउन चेतावनी दिए ।

भारतीय सेनाध्यक्षलाई मानार्थ दिने समारोहमा प्रधानमन्त्री जाने परम्परामा बालेनको ‘ब्रेक’

 नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले

Read More »