लोकप्रिय लोकदोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ । आज विहान उनको नयाँ गीत ‘म त नराउरी’ को भिडिओ सार्वजनिक भएको हो ।
उनको गीतको प्रतिक्षमा रहेकाहरुलाई आज खुशीको दिन बनेको छ । सुन्दरमणि अधिकारीको रचना, संगित र निर्देशन रहेको गीतको भिडिओमा ललिता पौडेलको अभिनय रहेको छ । भिडिओको कोरियाग्राफी भने मौसम हिमालीले गरेका हुन् ।