यो गठबन्धन अहिले टुट्दैन, देउवाले चुनावी सरकारको नेतृत्व गर्नुहुन्छ: महत

पाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले माओवादी केन्द्रको अस्थिर चरित्रका कारण कांग्रेस-एमालेबीच सहकार्य भएको दाबी गरेका छन् । उनले वर्तमान सरकार संसद्‌को पूर्ण कार्यकालभरि नै रहने भन्दै अबको चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने दाबी गरे । 

आइतबार भारतको दिल्लीमा नेपाली जनसम्पर्क समितिले गरेको कार्यक्रममा बोल्दै प्रवक्ता महतले ७ बुँदे सहमतिबमोजिम यो सरकारले काम गरिरहेको भन्दै दुई दलको समझदारीमै सरकारले काम गरिरहेको बताए ।

उनले भारतमा रहेका नेपालीहरूले नेपालको राजनीतिमा अर्थपूर्ण भूमिका खेल्ने बताए । ‘भारतमा रहेका प्रवासी नेपालीहरुले कांग्रेसलाई बलियो बनाउन भूमिका खेल्नुभएको छ । रोजगारी र अन्य कामले यहाँ बसे पनि नेपालको राजनीतिमा तपाईंहरूको भूमिका महत्वपूर्ण हुन्छ,’ निर्वाचनमा देश फर्किएर मतदानमा सहभागी हुन आग्रह गर्दै प्रवक्ता महतले भने ।

उनले पार्टीमा व्यक्तिवादी सोच र आफूकेन्द्रित प्रवृत्ति हाबी हुँदा अनेक किसिमका समस्या देखा पर्न थालेको बताए ।

रास्वपामा जिम्मेवारी बाँडफाँडः केही चर्चित नेता सचिवालयबाहिर, फरक धारका नेतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र

Read More »