लिपुलेकबारे भारत-चीनलाई नेपालले कूटनीतिक नोट पठाउने

नेपालको भूमि लिपुलेकबाट व्यापार खुला गर्ने भारत र चीनको सम्झौताप्रति असहमति जनाउँदै नेपालले दुवै मुलुकलाई कूटनीतिक नोट पठाउने तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन तथा भारत भ्रमण हुनु पहिल्यै उक्त नोट पठाउने तयारी सरकारले गरेको हो । परराष्ट्र मन्त्रालयलाई उक्त नोटको मस्यौदा गर्न जिम्मेवारी दिइएको छ ।

उच्च सरकारी स्रोतका अनुसार भारत र चीनलाई अलग अलग पठाउने उक्त कूटनीतिक नोटका भाषा र बुँदा भने केही फरक पर्ने छन् ।

‘लिपुलेक क्षेत्रको सिमाना विवाद मुलत: भारतसँग हो, नेपालले उसँग राख्ने सरोकारको सन्दर्भ लामो छ जसबारे पहिले पनि हामीले भारतीय पक्षलाई औपचारिक अनौपचारिक ढंगले भनिसकेकै छौं,’ उच्च सरकारी स्रोतले अनलाइनखबरसँग शुक्रबार साँझ भन्यो, ‘चीनलाई चाहिँ हामी यस विवाद र इतिहासको पृष्ठभूमिबारे अवगत मात्रै गराउँछौं । किनकि दुईदेशीय सिमाना विवादमा चीन प्रत्यक्ष आएको छैन । केवल भारतसँग सम्झौताको हिस्सेदार बनेको छ ।’

रास्वपामा जिम्मेवारी बाँडफाँडः केही चर्चित नेता सचिवालयबाहिर, फरक धारका नेतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र

Read More »