रविको पक्षमा हस्ताक्षर गर्दै मनिषाले भनिन्- राज्यबाट उहाँमाथि अन्याय र दुर्व्यवहार भएको छ

अभिनेत्री मनिषा कोइरालाले पूर्वउपप्रधानमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् ।सरकारले प्रतिशोध राखेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइराला सहभागी भएकी हुन् ।हस्ताक्षर गरेपछि प्रतिक्रिया दिंदै कोइरालाले राज्यबाट भइरहेको अन्याय र दुर्व्यवहारविरुद्ध आवाज उठाएको बताइन् ।

‘म कुनै पनि पार्टीमा आबद्ध छैन । एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुर्व्यवहार भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएकी हुँ’, उनले भनिन् ।

उनले अघि भनिन्, ‘जसले पनि समाचार हेरिरहेको छ, जसले पनि बुझिरहेको छ, पक्कै पनि रविमाथि दुर्व्यवहार भइरहेको छ ।’

रास्वपामा जिम्मेवारी बाँडफाँडः केही चर्चित नेता सचिवालयबाहिर, फरक धारका नेतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र

Read More »