तोलामा ९ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५९ हजार २०० सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

रास्वपामा जिम्मेवारी बाँडफाँडः केही चर्चित नेता सचिवालयबाहिर, फरक धारका नेतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र

Read More »