कास्की जिल्ला अदालतले तोकेको धरौटी बदरको निवेदन लिएर उच्च अदालत पुगे लामिछाने

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले दिएको आदेशप्रति चित्त नबुझेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत पोखरा पुगेका छन् ।

कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेकसम्बन्धी सुनुवाईको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरि दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी रास्वपा सभापति लामिछानेले उच्च अदालत पुगेका हुन् ।

उनले पोखरामा दफा ७३ बमोजिम निवेदन दर्ता गराउँदै छन् । लामिछानेको सचिवालयले दिएको जानकारी अनुसार अहिले दर्ताको प्रक्रिया चलिरहेको छ ।

पुस २५ मा लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश राईको इजलासले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

रास्वपामा जिम्मेवारी बाँडफाँडः केही चर्चित नेता सचिवालयबाहिर, फरक धारका नेतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र

Read More »

भारतीय सेनाध्यक्षलाई मानार्थ दिने समारोहमा प्रधानमन्त्री जाने परम्परामा बालेनको ‘ब्रेक’

 नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले

Read More »