अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूमाथि लागेको करको दर हेरफेर गरेको आरोपमा सदनबाट जवाफ दिएका छन्। जारी प्रतिनिधि सभाको बैठकका बोल्दै आफूमाथि लागेको आरोपको खण्डन गरे।
उनले भने, ‘स्वर्णिम वाग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा व्यापारी पोस्यो भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफैँ राख्नुपर्छ। यो सदनको ओज घटाउने कामतिर हामी लाग्नु हुँदैन। सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको र जनताले त्यो कठोर प्रतिबद्धतालाई अनुमोदित गरेको २ महिनामै हामी धोका दिन सकौँला? सक्दैनौँ।’
उनले आफूले २ अर्ब नभई २ रुपैयाँ बदमासी नगरेको बताए।
उनले थपे, ‘२ अर्ब होइन, २ रुपैयाँ बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग्छु। सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु। यो नैतिक आँट र उचाइ मप्रति औँला ठड्याउनेहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। तपाईँका काण्डबारे हामी अनभिज्ञ हौँ र? ती पनि खुल्नेछन्।’