स्थायी समिति बैठकमा प्रचण्डले आज जवाफ दिँदै

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि जारी छ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा स्थायी समिति सदस्यहरूले उठाएको प्रश्नको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची रहेको छ।

स्थायी समितिका सदस्यहरूले पार्टीले व्यहोरिरहेको समस्या र त्यसको समाधानमा केन्द्रित रहेर आफ्ना धारणा राखेका थिए।

उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डलाई नेतृत्वबाट बहिर्गमनको बाटो रोज्न सुझाव दिएका थिए।

उनले पार्टीको विचारको नेतृत्व प्रचण्डले गर्ने, सांगठनिक नेतृत्वचाहिँ हस्तान्तरण हुनुपर्ने धारणा राखेका थिए। 

त्यस्तै उनले अध्यक्ष प्रचण्डलाई नेतृत्व तेस्रो पुस्तालाई दिन वा मौजुदा केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्दै महाधिवेशन गर्ने विकल्प रोज्न पनि सुझाव दिएका थिए।

तर स्थायी कमिटीमा जनार्दनको विचारको पक्षमा उभिने कोही पनि छैन।

स्थायी समितिमा बोल्ने अधिकांश सदस्यले अहिलेको अवस्थामा पार्टी नेतृत्वमा अध्यक्ष प्रचण्डको विकल्प नरहेको धारणा राखेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।

माओवादी केन्द्रको ४४ सदस्यीय स्थायी कमिटी छ। स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटीमा निष्कर्ष प्रस्तुत हुने र त्यहाँ पनि पार्टी पुनःनिर्माणबारे घनिभूत छलफल हुने माओवादी केन्द्रले बताएको छ।

राजश्व अनुसन्धानले छापा मार्ने, डिल प्रधानमन्त्रीका नजिककाले गर्ने :राजेन्द्र लिङ्देन

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा

Read More »