काठमाडौं। सोलुखुम्बुको थामे गाउँमा आएको बाढीबाट सतर्क रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई जल तथा मौमस विज्ञान विभागले अनुरोध गरेको छ ।विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै सोलुखुम्वुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रका बासिन्दाहरूलाई हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा जान अनुरोध गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र बस्नेतले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘थुलुङ गाउँपालिका स्थित दूधकोशी नदी आसपास क्षेत्रहरू अति जोखिममा रहेको हुँदा दूधकोशी नदी किनारका क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सचेत रहन र सुरक्षित स्थानमा बस्नुहुन थुलुङ दूधकोशी गाउँपालिका हार्दिक अपिल गर्दछ।’