बलिउड अभिनेता सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा मोहम्मद सरीफुल अस्लाम असजाद रहेको प्रहरीले जनाएको छ । उनी विजोय दास नाम राखेर मुम्बइमा बस्दै आएको बताइएको छ ।
उनी भारतीय नागरिक भएको प्रमाण फेला नपरेको प्रहरीको भनाइ छ । तर, प्रहरीले उनी बंगलादेशी नागरिक हुन सक्ने अनुमान गरेको छ । तर उनीसँग पासपोर्ट वा अरु कुनै परिचयपत्र केही पनि फेला नपरेकाले अनुसन्धान जारी छ ।
पत्रकार सम्मेलनमा मुम्बई प्रहरीका डिसीपी दीक्षित गेदमले भने, ‘उनी अवैध तरिकाले भारत आएका थिए । विगत चार महिनादेखि मुम्बइको ठाणेमा बसेर हाउस किपिङ एजेन्सीमा काम गरिरहेका थिए ।