सुनचाँदीको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी

१३ माघ, काठमाडौं । मंगलबार पनि सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी रह्यो । अघिल्लो दिन सोमबारको तुलनामा आज मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक भाउ हो ।