साफ फुटसल च्याम्पियनसिपमा नेपाल तेस्रो

 थाइल्यान्डमा सम्पन्न साफ फुटसल च्याम्पियनसिपमा नेपाली पुरुष फुटसल टोली तेस्रो भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ फुटसल च्याम्पियनसिपमा दक्षिण एसियाका सातवटै राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।

थाइल्यान्डको बैंककमा भएको साफ फुटसल च्याम्पियनसिपको उपाधि भने माल्दिभ्सले जित्यो । माल्दिभ्सले खेलेको ६ वटै खेल जित्दै अपराजित रहेर च्याम्पियन भएको हो ।

नेपालले ३ जित २ बराबरी र १ हारको नतिजासहित ११ अंक जोडेर तेस्रो हुँदै कांस्य जितेको हो । भारतले समान ११ अंक जोडेर उपविजेता हुँदै रजत जित्यो । समूह चरणमा नेपालले भारतसँग बराबरी खेलेको थियो । समान अंक भएपनि गोल अन्तरमा अघि रहँदै भारत दोस्रो भएको हो ।