सरकारलाई घेराबन्दीमा पार्न चलखेल सुरु भयोः उपमहासचिव ज्ञवाली

 नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस-एमाले गठबन्धन सरकार पूरै अवधि कायम रहने बताएका छन् । आज (मंगलबार) एमाले लमजुङले सञ्चालन गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दैै उनले कांग्रेस–एमालेको गठबन्धन मजबुद बन्दै गएपछि विपक्षीहरुले सरकार ढल्दैछ भन्ने भ्रम फैलाएको बताए । कांग्रेस–एमालेको सरकार मजबुद बनेसँगै विपक्षीहरुमा छटपटी नै सुरु भएको बताए । ‘सरकार तीन वर्षसम्म चल्ने भएपछि विपक्षी दललाई छटपटाहट भएको छ,’– नेता ज्ञवालीले भने ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित गर्दै उनले प्रतिपक्षी दलहरुले घरी राजावादीलाई भेट्ने, रविलाई किन कारबाही गरेको भन्ने, कहिले मोर्चा बनाउँछु भन्नेजस्ता गतिविधि गरिरहेको बताए । मुलुकमा देखिएको सङ्कट समाधान गर्नका लागि वर्तमान सरकार बनेको दाबी गर्दै नेता ज्ञवालीले सत्ताबाट बाहिरिनुपर्दा दलहरुले फिँजाएको भ्रममा नपर्न आग्रह गरे ।

साथै, सरकारलाई घेराबन्दीमा पार्न विभिन्न चलखेल सुरु भएको पनि उनले बताए । नेता ज्ञवालीले वर्तमान सरकार जस्तोसुकै घेराबन्दीमा पनि नडगमगाउने बताए । उपमहासचिव ज्ञवालीले जनताको समस्या समाधान गर्नका लागि अध्यादेश ल्याइएको पनि बताए । उनले सुशासन र प्रभावकारी सेवा प्रदान गर्न अध्यादेशमार्फत कानुन बनाएको दाबी गरे ।

राजश्व अनुसन्धानले छापा मार्ने, डिल प्रधानमन्त्रीका नजिककाले गर्ने :राजेन्द्र लिङ्देन

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा

Read More »