समानुपातिकतर्फ २ करोड ८ लाख मतपत्र छापियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम धमाधम भइरहेको छ । निर्वाचन आयोगले अहिलेसम्मः समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको र प्रत्यक्षतर्फको छपाइ सुरु भएको जनाएको छ ।

जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सकिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।