वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण : ५५ वर्षीया महिला पक्राउ

 वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । योसँगै उक्त घटनामा पक्राउ पर्नेको संख्या तीन पुगेको छ ।

पछिल्लोपटक पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका–४ की ५५ कि शीतल राई भनिने सीतादेवी राई छिन् । उनी काठमाडौं महानगरपालिका–३२, शान्तिनगरमा बस्दै आएकी थिइन् ।

आइतबार (हिजो) उनलाई पक्राउ गरी प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

यही माघ २ गते अपराह्न करिब पौने ४ बजे त्रिपाठीमाथि कुटपिट भएको थियो । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा उनले काठमाडौं जिल्ला अदालतमा पीडितका तर्फबाट बहस गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका अभियुक्त रवि लामिछानेविरुद्ध उनी थुनछेक बहसमा सहभागी भएका थिए । आफ्नो बहस सकाएर बाहिरिने क्रममा अदालतबाहिर उनीमाथि कुटपिट भएको थियो ।

राजश्व अनुसन्धानले छापा मार्ने, डिल प्रधानमन्त्रीका नजिककाले गर्ने :राजेन्द्र लिङ्देन

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा

Read More »