रुसमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, भूकम्पपछि ज्वालामुखी विष्फोट

रुसको पूर्वी तट नजिकै शक्तिशाली भूकम्प गएको छ । ७ म्याग्निच्युडको भूकम्प गएपछि ज्वालामुखी पनि विस्फोट रुसी सरकारी संचार माध्यमले जनाएका छन् । सिभेलुच नामक ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २ सय ८० माइल टाढा रहेको छ ।

सो सहरमा करिब १ लाख ८० हजार मानिसको बसोबास रहेको छ । रुसी सञ्चारमाध्यम टासका अनुसार ज्वालामुखी विस्फोटपछि धुँवा र खरानीको मुस्लो ८ किलोमिटरमाथि आकाशसम्म पुगेको बताइएको छ ।

ज्वालामुखी विस्फोटपछि लाभा पनि निस्किएको समाचारमा उल्लेख छ । भूकम्प र ज्वालामुखीमा परी घाइते वा हताहत भएको विवरण हालसम्म प्राप्त भएको छैन ।

भूकम्पको केन्द्रविन्दु पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा ५५ माइल टाढा रहेको यूएस जियोलोजिकल सर्भेले जनाएको छ । केन्द्रविन्दु जमनको सतहभन्दा ३० माइल गहिराइमा रहेको छ । भूकम्पपछि सुनामीको खतरा भने जारी गरिएको छैन ।

राजश्व अनुसन्धानले छापा मार्ने, डिल प्रधानमन्त्रीका नजिककाले गर्ने :राजेन्द्र लिङ्देन

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा

Read More »