रास्वपाले भुटानी देखि गिरीबन्धुसम्मका काण्डको संसदीय छानबिन समिति माग गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न छ वटा चर्चित भ्रष्टाचार काण्डको संसदीय छानबिन समिति गठनको माग गर्ने भएको छ । शुक्रबार सुरु भएको  संसदको हिउँदे अधिवेशनमा बोल्दै रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् । 

रास्वपाले अब भुटानी शरणार्थी काण्डदेखि गिरीबन्धु भ्रष्टाचारसम्मका आधा दर्जन प्रकरणको संसदीय छानबिन समिति गठन माग गर्ने उनको भनाई छ । ‘भुटानी देखि कम्बोडियासम्म, वाइडबडी देखि एनसेलसम्म र  बालुवाटार देखि गिरीबन्धुसम्मको भ्रष्टाचार छानबिन गर्न रास्वपाले अब संसदीय छानबिन समिति गठन गर्न माग गर्दछ,’ उपसभापति वाग्लेले भने । 

यस्तै, उनले नेपालको राजकीय पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्न न्यायिक आयोगको माग पनि गरे । ‘जाँचबुझ आयोग ऐन अनुसार पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको नेतृत्वमा आयोग गठन गर्न रास्वपा माग गर्दछ,’ उनले भने । 

राजश्व अनुसन्धानले छापा मार्ने, डिल प्रधानमन्त्रीका नजिककाले गर्ने :राजेन्द्र लिङ्देन

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा

Read More »