राप्रपाको बैठक- ओली सरकारको समीक्षा गर्ने, व्यवस्था बदल्ने आगामी रणनीति बनाउने

 राप्रपाको केन्द्रीय समितिको बैठक सुरु भएको छ । धुम्बाराहीस्थित एसआर बैंङ्क्वेटमा बैठक चलिरहेको छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा, संगठन सुदृढीकरण, पार्टीको स्थानीय तहको अधिवेशन, सचिवालय सम्बन्धी र पार्टी जीवनका विविध पक्षमा छलफल गर्ने तयारी छ ।

बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको पछिल्ला गतिविधिको बारेमा छलफल हुने बताए । ‘सरकारले संसदलाई छलेर अध्यादेशबाट शासन गर्न खोजेको छ। नियमित संसद् बोलाउन पनि प्रतिपक्षहरूले दबाब दिनुपर्ने स्थिति छ । सरकार कदमबारे छलफल गर्छौँ ।’

उनले बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल हुने बताए। पार्टीले वैशाख मसान्तसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी काम गरिरहेकाले त्यसको समीक्षा हुने बताए ।

देश र जनताको अवस्था परिवर्तन व्यवस्था नै परिवर्तन गराउने आन्दोलनको विषयमा पनि छलफल हुने बताए ।

उनले भने, ‘आन्दोलन गर्न र चुनाव जित्न पनि संगठन चाहिन्छ । संगठन मजबुत बनाउनेमा केन्द्रित हुन्छौँ ।’

राजश्व अनुसन्धानले छापा मार्ने, डिल प्रधानमन्त्रीका नजिककाले गर्ने :राजेन्द्र लिङ्देन

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा

Read More »