राजश्व अनुसन्धानले छापा मार्ने, डिल प्रधानमन्त्रीका नजिककाले गर्ने :राजेन्द्र लिङ्देन

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीको मातहतको निकाय प्रधानमन्त्री नजिककासँग मिलेर भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् । 

शुक्रबार संसदमा सुरु भएको हिउँदे अधिवेशनको पहिलो सत्रको सम्बोधन गर्दै  नेता लिङ्देनले यस्तो आरोप लगाएका हुन् ।  प्रधानमन्त्रीले आफूले भ्रष्टाचार गर्दिन भनेको तर उनी मातहतको निकाय राजश्वले व्यापारीमाथि छापा मारेर प्रधानमन्त्री नजिककासँग मिलाउन भनेको लिङ्देनले बताए । 

‘प्रधानमन्त्री मातहतको राजश्वले व्यापारीको फर्ममा छापा हान्छ । त्यो हिसाब मिलाउन अरु नेताको फोन नगर्नु । यो त प्रधानमन्त्री मातहतको कार्यालय हो भन्छ,’ नेता लिङ्देनले थपे, ‘सल्लाह गर्न आउ भन्ने काम भइरहेको छ । तपाईंको वरिपरिका मानिसहरूले यो काम गरिरहेका छन् ।’ 

प्रधानमन्त्री ओलीले धक्कुका साथ आफूले भ्रष्टाचार नगरेको बताउनु, उहाँ सूचना नभएको बराबर रहेको लिङ्देनले बताए  । उनले भ्रष्टाचारको मामलामा प्रधानमन्त्री ओली पञ्चतन्त्रको राजा जस्तो नाङ्गै रहेको लिङ्देनको आरोप थियो ।  

राजश्व अनुसन्धानले छापा मार्ने, डिल प्रधानमन्त्रीका नजिककाले गर्ने :राजेन्द्र लिङ्देन

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा

Read More »