रसुवामा बाढी अपडेट : १८ जना बेपत्ता, ९ जनाको उद्धार

 नेपाल–चीनको सिमानामा रहको ल्हेन्दे खोलामा आएको बाढीमा परी रसुवामा १८ जना बेपत्ता भएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीमा परी छ जना नेपाली कामदार, छ जना चिनियाँ कामदार, तीन जना प्रहरी र तीन जना गाडी चालक हराइरहेका छन् । बाढीमा फसेका नौ जनाको उद्धार गरिएको छ ।

अहिले ३० देखि ३५ कामदार फसेको, तर उनीहरु सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । रसुवाको गोसाईकुण्ड गाउँपालिका २ मा गएराति वर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै टिमुरेमा रहेको भन्सार कार्यालय परिसर (यार्ड) नै बगाएको हो ।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

परिसरमा रहेका धेरै गाडी बाढीले बगाएको छ । छिमेकी चीनतर्फ ठूलो पानी परेका कारण बाढी आएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । बाढीले पुल बगाएसँगै रसुवा हुँदै चीनसम्म सडकमार्गको सम्पर्क बिच्छेद भएको छ ।

रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीको पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोपावरमा पनि क्षति पुगेको छ ।

रास्वपामा जिम्मेवारी बाँडफाँडः केही चर्चित नेता सचिवालयबाहिर, फरक धारका नेतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र

Read More »

भारतीय सेनाध्यक्षलाई मानार्थ दिने समारोहमा प्रधानमन्त्री जाने परम्परामा बालेनको ‘ब्रेक’

 नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले

Read More »