रविलाई प्रश्न- व्यक्तिको नाममा ऋण खडा गरेर कम्पनीमा पठाउन मिल्छ ?

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अहिले बयान लिइरहेको छ । शुक्रबार बसेको बैठकमा लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा बयान लिएको हो ।

समितिले लामिछानेलाई बयानका लागि दर्जनौं प्रश्न तयार पारेको छ । समितिले लिने बयानको पहिलो नम्बरमा आफ्ना नामसहित तीन पुस्ता र परिवारका सदस्यहरुको विवरण, परिवारका कोको सदस्य छन् ? तपाईंको शारिरीक अवस्था कस्तो छ ? सोधिएको प्रश्नको उत्तर दिन सक्नुहुन्छ ? लगायतका प्रश्न समेटिएका छन् ।

समितिले तयार पारेको १६ नम्बरको प्रश्नमा सुप्रिम सहकारीबाट छविलाल जोशीको नाममा २ करोड ५० लाख ऋण खडा गरी गोरखा मिडिया नेटवर्कको नाममा व्यक्तिको नाममा ऋण खडा गरेर कम्पनीमा पठाउन मिल्छ? भन्ने प्रश्न सोधिएको छ ।

राजश्व अनुसन्धानले छापा मार्ने, डिल प्रधानमन्त्रीका नजिककाले गर्ने :राजेन्द्र लिङ्देन

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा

Read More »