मुकुल ढकालसँग दोस्रो पटक माग्यो स्पष्टीकरण

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यसअघि सचिवालय बैठकले गरेको निर्णयलाई बुधबार बसेको केन्द्रीय समितिले अनुमोदन गरेको हो ।

‘पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई तपाईंलाई साधारण सदस्य नरहने गरी किन कारबाही नगर्ने भनी २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ’, कार्यबाहक प्रवक्ता मनिष झाले भने ।

यसअघि ३० साउनमा पनि रास्वपाले मुकुलसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । जसको जवाफमा ढकालले सभापति रवि लामिछानेलाई आफ्नो नैतिक धरातल पुष्टी गर्न चुनौती दिएका थिए ।

रास्वपामा जिम्मेवारी बाँडफाँडः केही चर्चित नेता सचिवालयबाहिर, फरक धारका नेतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र

Read More »