भारतको गणतन्त्र दिवसका अवसरमा परराष्ट्रमन्त्रीद्वारा शुभकामना

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेकी छन् । उनले आफ्ना भारतीय समकक्षी एस जयशङ्करमार्फत भारतीय जनता र सरकारलाई यस अवसरमा निरन्तर प्रगति, समृद्धि र उन्नतिका लागि शुभकामना व्यक्त गरेकी हुन् ।

डा राणाले सामाजिक सञ्जालमार्फत घनिष्ठ छिमेकीका रूपमा, शताब्दीऔँको साझा इतिहास, पारस्परिक सम्मान र विभिन्न क्षेत्रमा सहयोगको माध्यमबाट मित्रताको बलियो बन्धन र घनिष्ठ सम्बन्ध अनवरत रहेको उल्लेख गरिन् । आगामी वर्षहरूमा यी सम्बन्धहरू अझ थप सुदृढ हुँदै जाने उनले विश्वास व्यक्त गरिन् ।

राजश्व अनुसन्धानले छापा मार्ने, डिल प्रधानमन्त्रीका नजिककाले गर्ने :राजेन्द्र लिङ्देन

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा

Read More »