भत्काउन थालियो धोबिखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनेका संरचना 

काठमाडौँ उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएका घर–टहरा भत्काउन सुरु गरेको छ । 

प्राधिकरणले मापदण्ड बिपरित, सार्वजनिक जग्गामा बनेका संरचना, सेटव्याक मापदण्ड नपनाइ बनाइएका घर–टहरा भत्काउन सुरु गरेको हो । सोही क्रममा आइतबार काठमाडौ महानगर वडा नंवर ७ मालपोत कार्यालय नजिकै रहेको धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइएको छ । अतिक्रमित संरचना अटाउने क्रममा केहि व्यक्तिहरुले विरोध समेत गरेका थिए ।

धोविखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै आम्दानी स्रोतका लागि बनाइएका घर–टहरा भत्काउन सुरु गरिएको प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेतले जानकारी दिए ।

बस्नेतले जग्गा प्लटिङ, संस्थागत भवन, सार्वजनिक, व्यापारिक, पार्टी प्यालेश अस्पताल, विद्यालयलगाएतका संरुचना बनाउनका लागि अनिवार्य रुपमा अनुमति लिनुपर्ने बताए । 

प्राधिकरणले स्वीकृति नलिई संरचना बनाइएको पाइएमा संरचना भत्काउनुका साथै कडा कारवाही गर्ने चेतावनी समेत दिएको छ । मापदण्ड बिपरित संरचना बनाएको पाइए जिल्ला आयुक्तको कार्यालयमा उजुरी दिन समेत प्राधिकरणले आग्रह गरेको छ । 

राजश्व अनुसन्धानले छापा मार्ने, डिल प्रधानमन्त्रीका नजिककाले गर्ने :राजेन्द्र लिङ्देन

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा

Read More »