बाबुराम भट्टराई भन्छन् : फागुन १ लाई जनक्रान्ति दिवसका रूपमा मनाऔँ

 नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले फागुन १ गतेलाई ‘जनक्रान्ति दिवस’का रूपमा मनाउनुपर्ने बताएका छन् । तत्कालीन सरकारविरुद्ध माओवादीले सशस्त्र संघर्ष सुरु गरेको दिनका अवसरमा शुभकामना दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले फागुन १ लाई राज्य, सबै दल र जनताका तर्फबाट जनक्रान्ति दिवस मनाउनुपर्ने बताएका हुन् ।

बिहीबार सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन्, ‘शब्दको जुंगाको लडाइँ छोडौं। फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक वर्ष ‘जनक्रान्ति दिवस’ का रूपमा मनाऔं!’

फागुन १ गते युगान्तकारी जनविद्रोह सुरु भएको दिन भन्दै भट्टराई लेख्छन्, ‘फागुन १ गते। नेपालको युगान्तकारी जनविद्रोह (जनयुद्ध) शुरू भएको दिन! संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जग खन्न शुरू गरेको दिन। त्यो महायज्ञमा अमूल्य ज्यान अर्पण गर्ने महान शहीदहरू, बेपत्ताजन, घाइते/अपांग योद्धाहरू सबैमा अन्तर्हृदयदेखि उच्च सम्मान!’ 

उनले १९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२-६२ सालको सशस्त्र जनयुद्ध, २०६२/६३ सालको संयुक्त जनआन्दोलन, मधेश विद्रोह, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलनलगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई जोड्नुपर्नेसमेत बताएका छन् ।

राजश्व अनुसन्धानले छापा मार्ने, डिल प्रधानमन्त्रीका नजिककाले गर्ने :राजेन्द्र लिङ्देन

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा

Read More »