प्रधानमन्त्री–सभामुख भेट, संसद् अधिवेशनको बिजनेसबारे छलफल

 प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो ।

भेटमा संघीय संसद्‌को बिजनेसबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । सरकारले संसद् अधिवेशन बोलाउने तयारी गरेका बेला यो भेट भएको हो ।

आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकबाट आगामी १८ माघमा संसद् अधिवेशन आह्वान गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी भएको स्रोतले बताएको छ ।

रास्वपामा जिम्मेवारी बाँडफाँडः केही चर्चित नेता सचिवालयबाहिर, फरक धारका नेतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र

Read More »