प्रधानमन्त्री ओलीसँग बेलायती राजदूतको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले मंगलबार शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो ।

WhatsApp-Image-2025-01-21-at-16.39.40-1737457213.jpeg
सो अवसरमा बेलायती राजपरिवारका सदस्य डुक अफ इडिनबर्गको आसन्न नेपाल भ्रमणका विषयमा पनि छलफल भएको थियो । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।