प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

 प्रतिनिधि सभामा आज हुने तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

सभामुखको सचिवालयका अनुसार नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो जानकारी गराएका छन् ।

‘स्वास्थ्यका कारण प्रश्नोत्तर कार्यक्रमका लागि संसद् बैठकमा प्रधानमन्त्री आउन नसक्ने’ जानकारी बर्तौलाले गराएका हुन् ।

योसँगै आज तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित हुन पुगेको हो ।

रास्वपामा जिम्मेवारी बाँडफाँडः केही चर्चित नेता सचिवालयबाहिर, फरक धारका नेतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र

Read More »