पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

भारतको गुजरातमा बुधबार बिहान पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु भएको छ । गुजरातको वडोदरा जिल्लाको महिसागर नदीमा बनेको एउटा पुरानो पुल अचानक भाँचिएको हो । चलनचल्तीमा रहेको सो पुलको एउटा खण्ड भाँचिँदा केही सवारी साधन नदीमा खसेका थिए । वडोदराका जिल्ला अधिकारी अनिल धामेलियाका अनुसार उद्धारकर्ताले नदीबाट ९ जनाको शव फेला पारेका छन् ।

अन्य ६ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । धामेलियाका अनुसार पुल भाँचिएपछि दुई वटा ट्रक, एउटा पिकअप भ्यान, एउटा इको कार र एउटा अटोरिक्सा नदीमा खसेका थिए । गुजरात सरकारका प्रवक्ता ऋषिकेश पटेलका अनुसार राज्य सरकारले उक्त घटनाको जाँच गर्न आदेश दिएको छ । उक्त पुल चार दशकभन्दा पुरानो रहेको बताइएको छ ।

रास्वपामा जिम्मेवारी बाँडफाँडः केही चर्चित नेता सचिवालयबाहिर, फरक धारका नेतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र

Read More »

भारतीय सेनाध्यक्षलाई मानार्थ दिने समारोहमा प्रधानमन्त्री जाने परम्परामा बालेनको ‘ब्रेक’

 नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले

Read More »