परराष्ट्र मन्त्रीलाई भारतले दिएको सम्मानले ओलीलाई झस्काएको छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भारतले गरेको सम्मानले गठबन्धनमा अन्तरविरोध पैदा गर्न सक्ने विश्लेषण गरेका छन्।बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको बैठकमा अध्यक्ष प्रचण्डले यो गठबन्धन लामो नजानेसमेत विश्लेषण सुनाए।‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले निम्तो देओस् भनेर त्यसैका लागि परराष्ट्र मन्त्री जानुभएको थियो। तर भारतले परराष्ट्र मन्त्रीलाई नै प्रधानमन्त्री सरहको महत्त्व र सम्मान दियो। यसले प्रधानमन्त्रीलाई झस्काएको हुनुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।बैठकमा अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धनलाई जनमत र अन्तर्राष्ट्रिय शक्ति कसैले पनि नरूचाएकाले यसको भविष्य लामो हुन नसक्ने तर्क गरेका थिए।

रास्वपामा जिम्मेवारी बाँडफाँडः केही चर्चित नेता सचिवालयबाहिर, फरक धारका नेतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र

Read More »

भारतीय सेनाध्यक्षलाई मानार्थ दिने समारोहमा प्रधानमन्त्री जाने परम्परामा बालेनको ‘ब्रेक’

 नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले

Read More »