न्यायलयले कसैलाई थुन्ने कि छोड्ने फैसला गर्न सरकारको फोन कुर्छ : सिके राउत

जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त (सिके) राउतले न्यायलय पनि सरकारको इसारामा चल्ने गरेको आरोप लगाएका छन् । उनले फैसला न्यायालयले फैसला सुनाउनुअघि सरकारको  फोन कुरेर बस्ने गरेको बताएका हुन् । जसका कारण हामीकहाँ शक्ति पृथकीकरण हुन नसकेको उनको भनाई छ । यस्तो न्यायालयमा सरकारको हस्तक्षेप सम्बन्धमा डा. राउतले संसदमा दिएको अभिव्यक्ति । 

‘हामी शक्ति पृथकीकरणका कुरा गर्छौँ तर हामीले भोगेका छौँ, न्यायालयले पनि के गर्छ । अदालतले पनि कस्तो फैसला गर्छ भने पहिले सरकारको फोन कुरेर बस्छ । यो मान्छेलाई आज थुन्ने, हिरासतमा पठाउने कि पुर्पक्षमा पठाउने भनेर पनि सरकारकै अधिकारीबाट जानकारी भएपछि बल्ल उसले फैसला गर्छ । बल्ल उसले पनि सोध्छ हतकडी लगाएर ७७ नै जिल्ला घुमाउनुपर्ने हो कि ? छाड्निदुपर्ने हो कि ? सार्वजनिक यातायातमा ल्याउनुपर्ने हो कि ? हतकडी लगाउन्ुपर्ने हो कि नलगाउनुपर्नेे हो त्यो पनि कार्यपालिकाले नै न्यायपालिकालाई हस्तक्षेप गर्छ । त्यो भाको हुनाले हामीकहाँ शक्ति पृथकीकरणको अभ्यास भएन । ‘ 

राजश्व अनुसन्धानले छापा मार्ने, डिल प्रधानमन्त्रीका नजिककाले गर्ने :राजेन्द्र लिङ्देन

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा

Read More »