दाहाल र नेपालको ‘हुकुमी शैली’ बाट नेकपा चलेको झलनाथको आरोप

नेपाली कम्युनिस्ट पार्टीले सिन्धुली–२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेता हरिबोल गजुरेलमाथि गरिएको कारबाहीप्रति नेता झलनाथ खनालले आपत्ति जनाएका छन् ।

केन्द्रीय सचिवालय र स्थायी कमिटी नबनेकाले संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालको ‘हुकुमी शैली’बाट पार्टी चलेको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

‘पार्टी कमिटीहरू बनेका छैनन् । संयोजक र सहसंयोजकको हुकुमी आदेशबाट पार्टी चलेको छ,’ उनले भने, ‘सामूहिक निर्णयबाट पार्टी चल्नुपर्नेमा दुई जना (दाहाल, नेपाल) ले जे मन लाग्यो, त्यही गर्नुभएको छ ।’

नेकपाले सिन्धुली–२ बाट लेखनाथ दाहालविरुद्ध महेश्वर दाहालले उम्मेदवारी दिएपछि गजुरेलसहित महेश्वरलाई कारबाही गरेको थियो ।

खनालले पार्टीका वरिष्ठ नेतामाथि कारबाही गर्दा पार्टीभित्र कुनै छलफल नै नगरेको उल्लेख गर्दै यसलाई विधि विपरीतको कार्य भएको बताए ।

रास्वपामा जिम्मेवारी बाँडफाँडः केही चर्चित नेता सचिवालयबाहिर, फरक धारका नेतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र

Read More »

भारतीय सेनाध्यक्षलाई मानार्थ दिने समारोहमा प्रधानमन्त्री जाने परम्परामा बालेनको ‘ब्रेक’

 नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले

Read More »