टीआरसी विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मत पारित

संक्रणकालीन न्याय सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयक पारित गरियोस् भन्ने राखेको प्रस्तावलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले निर्णयार्थ प्रस्तुत गरेका थिए । बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रियसभाले पारित गरेसँगै अव यसको सन्देश प्रतिनिधिसभामा सुनाएपछि सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइने व्यवस्था छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयक राजपत्रमा प्रकाशित भएसँगै कानुनका रूपमा कार्यान्वयनमा आउनेछ ।

राजश्व अनुसन्धानले छापा मार्ने, डिल प्रधानमन्त्रीका नजिककाले गर्ने :राजेन्द्र लिङ्देन

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा

Read More »