जरिवाना लगाएर ग्वार्को फ्लाइओभरमा काम

 तेस्रो पटक म्याद थप्दा पनि काम नसकिएपछि ग्वार्को फ्लाइओभरमा जरिवाना लगाएर काम गराइएको छ । तेस्रो पटक २०८१ पुस ९ सम्म म्याद थपिएको थियो । उक्त समयभित्र काम नसकिएपछि सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले निर्माण व्यवसायीलाई गएको पुस १० बाट दैनिक जरिवाना लगाएर काम गराउँदै आएको छ । 

निर्माण व्यवसायीले औसतमा ठेक्का रकमको दैनिक करिब ०.०५ प्रतिशत जरिवाना तिर्नुपर्छ । तोकिएको समयभित्र पनि काम नसकिएपछि नियमअनुसार जरिवाना गराएर काम गराइएको केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए । जरिवाना रकम कामअनुसार फरक–फरक हुने केन्द्रले जनाएको छ ।

‘अहिले कोटेश्वर र सातदोबाटो दुवैतर्फ काम भइरहेको छ । तर पनि कामको गति सोचेअनुरूप छैन,’ उनले भने, ‘निर्माण व्यवसायीले चैत मसान्तसम्म समय मागेका छन्, त्यति बेलासम्म पनि जरिवाना लगाएरै काम गराउँछौं ।’ 

आवतजावतको संरचनासहित ५ सय ४० मिटर लामो फ्लाइओभरको १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का भएको थियो । जसको ठेक्का आशिष–समानान्तर–रेलिगेर जेभीले लिएको हो । दुई वर्षभित्र सक्ने गरी ०७८ फागुनमा ठेक्काको कार्यादेश दिइएको थियो । अहिलेसम्म निर्माण प्रगति ८२ प्रतिशत कट्न सकेको छैन ।

राजश्व अनुसन्धानले छापा मार्ने, डिल प्रधानमन्त्रीका नजिककाले गर्ने :राजेन्द्र लिङ्देन

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा

Read More »