नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले एमालेसंगको एकता र त्यसपछिको सहकार्य धेरै दिन टिक्न नसकेको भन्दै अब एमालेसँग सहकार्य गरेर चूनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पाारेका हुन् ।
उनले ८४ को निर्वाचन माओवादीले आफ्नै शक्तिको बलमा लड्ने निर्णय पार्टीले समेत गरिसकेको उल्लेख गरे । प्रचण्डले माओवादीका धेरै कमिकमजोरीलाई सुधार गर्दै जनताको विश्वास जित्ने गरि अघि बढ्ने उल्लेख गरे ।
उनले बिचौलियाहरुको सेटिङ् भत्काउन खोज्दा चलखेल गरेर असंवैधानिक रुपमा संख्याको बलमा आफुलाई हटाउने खेल भएको दोहोर्याए । अध्यादेशबाट शासन गर्ने गलत परम्परा देखिएपछि बिपक्षीहरु एक भएर सदन बोलाउन दवाव दिएकै कारण सरकारले सदन आह्वान गरेको उनको भनाइ छ ।
प्रचण्डले अब बिपक्षीहरु सामूहिक रुपमा अघि बढ्ने र समाजवादी मोर्चार्ला समेत सक्रिय बनाउने धारणा राखे ।