अवकाशमा जानुअघि प्रधान सेनापति शर्मा भोलिबाट बिदामा

 प्रधानसेनापति प्रभुराम शर्माले अवकाशमा जानुअघि शुक्रबारेदेखि बिदामा बस्ने भएका छन् । नेपाली सेनाको परम्पराअनुसार प्रधान सेनापति शर्मा अवकाशमा जानुभन्दा एक महिना अघि बिदा बस्न लागेका हुन् । बिहीबार उनले निमित्त प्रधान सेनापति अशोकराज सिग्देललाई बुझबुझारथ गरेका छन् ।

यसअघि साउन १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेका थिए । सहायक सेनानीबाट नेपाली सेनामा सेवा सुरु गरेका शर्माले झन्डै ४१ वर्षपछि अवकाश पाउन लागेका हुन् ।

राजश्व अनुसन्धानले छापा मार्ने, डिल प्रधानमन्त्रीका नजिककाले गर्ने :राजेन्द्र लिङ्देन

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा

Read More »