अवकाशमा जानुअघि प्रधान सेनापति शर्मा भोलिबाट बिदामा

 प्रधानसेनापति प्रभुराम शर्माले अवकाशमा जानुअघि शुक्रबारेदेखि बिदामा बस्ने भएका छन् । नेपाली सेनाको परम्पराअनुसार प्रधान सेनापति शर्मा अवकाशमा जानुभन्दा एक महिना अघि बिदा बस्न लागेका हुन् । बिहीबार उनले निमित्त प्रधान सेनापति अशोकराज सिग्देललाई बुझबुझारथ गरेका छन् ।

यसअघि साउन १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेका थिए । सहायक सेनानीबाट नेपाली सेनामा सेवा सुरु गरेका शर्माले झन्डै ४१ वर्षपछि अवकाश पाउन लागेका हुन् ।

रास्वपामा जिम्मेवारी बाँडफाँडः केही चर्चित नेता सचिवालयबाहिर, फरक धारका नेतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र

Read More »