किसान आन्दोलनबाट नै कम्युनिष्ट पार्टीको बिजारोपण भएको हो : नेता वाँस्कोटा

काठमाडौ ।
नेकपा एकीकृत समाजबादीका स्थाईकमिटी सदस्य तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष क. बलराम बास्कोटाले सर्वहारा बर्गको मुक्तिका लागी किसान आन्दोलन शुरु भएको बताउनु भएको छ । हेगल, माक्स एङ्गेल्स, लेलिन हँदै आजसम्म आइपुग्दा बिभिन्न प्रकारका किसान आन्दोलन हँदै कम्युनिष्ट पार्टीमा किसानको महत्वपुर्ण भुमिका रहेको बताउनु भएको छ ।
नेकपा एकीकृत समाजबादी बाग्मती प्रदेश कमिटिको आयोजनामा भएको जुम बैठकमा बोल्दै बास्कोटाले नेपालको कम्युनिष्ट पार्टीको स्थापनामा किसान आन्दोलनको महत्वपुर्ण भुमिका रहेको धारणा राख्नुभयो । उहाँले नेपालमा किसान आन्दोलन कस्तो हुनु पर्दछ भन्ने बिषयमा इतिहासका बिभिन्न किसान आन्दोलन प्रसंगलाई स्मरण गर्दै यी आन्दोलन नै गणतन्त्रको आधार तयार भएको बताउनु भएको छ । साथै उहाँले किसान महासंघलाई किसान परिसंघमा लैजानुपर्नुे बताउनुभएको छ ।