एमसिसि पारित हुन नदिन भविसोर नेत्रृत्वको (माओवादि केन्द्र) एमाले संग सहकार्य गर्न तयार

काठमाडौं ।
पुनर्गठित ने.क.पा.(माओवादी केन्द्र) का अध्यक्ष भबिसोर पराजुलीले एमसिसि साम्राज्यवादलाई कायम राख्ने अमेरीकाको विश्वव्यापी आफ्नो पछिल्लो खतरनाक नीति भएकोले नेपालमा यसलाई कुनैपनि हालतमा लागु हुन नदिने बताएकाछन् । आज पत्रकारहरु सँग कुरा गर्दै अध्यक्ष पराजुली सो कुरा बताएका हुन् ।
पराजुलीले भने एमसीसी मार्फत विश्वका विभिन्न मुलुकलाई आफ्नो क्याप्पमा सामेल गराई अमेरीकी सामाज्यवादका विरोधीहरु माथि धावा बोल्ने अमेरीकी गुरु योजना हो । यो योजना नेपालमा लागु भए पहिलो अमेरीकी सेनाले नेपाली भुभागमा सैनिक अभ्यास सुरु गर्छ । दोस्रो यहाँको राजनीतिक, आर्थिक, सास्कृतिक एवं सामाजिक क्षेत्रमा आफ्नो हस्तक्षेपलाई तित्र बनाउँछ र यसको विरोध गर्नेहरुलाई दमन गर्न सुरुगर्छ । संसारका जुन जुन मुलुकमा अमेरीकाले एमसिसि लागुगर्न सफल भएको छ त्यी मुलुकमा अमेरीकाले यही हर्कत गरिरहेको हामी देखिरहेका छौं ।
दोस्रो एमसीसी लागु भएपछि यसले जस्तो सुकै हर्कत गरेपनि त्यसलाई कानुनी कारवाही गर्न पाइदैन । त्यो कुरा एमसिसि मै उल्लेख छ । यसको अर्थ हो । उसको विरोध गर्न नपाईने गरेमा उसको सैनिक कारवाही सहनुपर्ने भन्ने प्रष्ट बुझिन्छ ।
तेस्रो यसले अन्य मुलुकका सर्तहरु निशर्त पालना गराउने हो । नेपालमा एमसीसी लागुभए नेपालले आफ्नो राष्ट्रिय हित विपरित हुने सर्तहरु जवरजस्त पालना गर्नुपर्छ । त्यसैले हामी कम्युनिष्टहरुले यसलाई आफ्नो देशमा लागु हुन नदिने मात्र होइन एमसिसिबाट पिडित कुनैपनि मुलुकका जनताले एमसिसिका विरुद्ध जलाएको आन्दोलनलाई ऐक्यवद्धता जाहेर गर्नुपर्दछ ।
यहाँ सुन्ने गरिएको छ भन्दै अध्यक्ष पराजुली भने । एमसिसिमा उल्लेख गरिएका राष्ट्रिय हित विपरित बुँदाहरु संशोधन गरी एमसिसि पास गनुपर्छ । यहानेर वुझन पर्ने कुरा के हो भने एमसिसि लागु गर्ने देशको हितमा छैन र होइन पनि हेक्का रहोस् यो त एमसिसि अमेरीकाले आफ्नो सामाज्यवादी नीतिलाई विश्वव्यापी लागुगर्न तयार गरिएको परियोजना हो ।
एमसिसि लागु गरिएका देशहरुमा यसको सुक्ष्म अध्ययन गर्दा के पाइएको छ भने यो विकासका नाममा लागु गरिएको छ । पछि विस्तारै हस्तक्षेप बढाउँदै जाने र उसकै नीति र निर्देशनमा चल्नुपर्ने बाध्यत्मक अवस्था सृजना गर्ने गरिएको छ । एमसिसिको भित्रि उदेश्य यहि नै हो । हामी कोहि पनि भ्रममा नपरौं । एमसिसि पास भए नेपालको पनि हालत यहि हो । त्यसैले एमसिसि पास हुन नदिन हाम्रो पार्टी पुनर्गठित ने.क..पा.(माओवादी केन्द्र) जुनसुकै मुल्य चुकाउन पनि तयार रहेको बताए ।
पराजुलीले एमसिसि खारेजीको लागि सबै राजनीतिक दल, नागरिक समाज लगायत सवै तह र तप्का जनसमुदाय एकजुट भई सघर्षमा उत्रन आवहान गर्दै भने अहिले एमालेले एमसीसी कुनै हालतमा पास गर्न नदिने भन्ने सुन्नमा आएको छ । यो ज्यादै खुशी कुरा हो । यदि यसो हो भने एमसिसि खारेजीको लागि एमालेसँग सहकार्य गरेर सघर्षमा जान तयार रहेको बताए ।