राजनीतिहेडलाईन

ओली बाहेकका ६ कम्युनिष्ट नेता एकै ठाउँमा

काठमाडौं ।
विभिन्न ध्रुवमा विभिक्त नेपालका कम्युनिष्टहरुको एकिकरणको चर्चा पटक पटक भएपनि कार्यान्वयन भने हुन सकेको छैन । दुई ठूला कम्युनिष्ट एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा विभाजित भएपछि फेरी कम्युनिष्ट एकता वा धु्रविकरण कठिन काम भन्ने देखिन थालेको छ । नेकपा एमाले माधवकुमार नेपाल सम्बद्ध केही नेताहरुले कम्युनिष्ट शीर्ष नेताहरुलाई एउटै मञ्चमा उभ्याएर विचार मन्थन गराउने प्रयास गरेका छन् ।

नेता जगन्नाथ खतिवडाको अध्यक्षता रहेको पुष्पलाल मित्रता केन्द्रको नाममा शुक्रबार पुष्पलाल स्मृती केन्द्र च्यासलमा कार्यक्रम आयोजना गरिएको छ । खतिवडाले कार्यक्रमका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी नेता मोहन वैद्य, नेत्र विक्रम चन्द, राजमोका चित्रबहादुर केसी नेकपा संयुक्तका चन्द्रदेव जोशीलाई एउटै मञ्चमा उभ्याउने भएका छन् । तर सो कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले भने निम्तो पाएनन् ।

‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन हुने सो कार्यक्रमले कम्युनिष्ट धु्रविकरणको वातावरण बनाउने आयोजकको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button