इतिहासप्रदेश नं. ३

यसरि रहनगयो बाग्मती प्रदेशको राजधानी हेटौंडाको नाम

काठमाडौं ।
महाभारत युद्दको शिलशिलामा षडयन्त्र पूर्वक पाण्डवलाई वनवास पठाईयो । वनबासको बेला कौरवले सबै पाण्डवलाई स्वाह पार्ने उद्देश्यले लाहाको घर भित्र राखेर वाहिरवाट आगो लगायर सखाप पार्ने प्रयत्न गरे ।

पहिल्यै पाण्डवले पत्तो पाए पछी लाहाको घरमा आफैले आगो लगायर पाण्डवहरु सुरुङ खनी बाहिर निस्के । जब पाण्डबहरु लाहको सुरुङबाट बाहिर निष्केर निदिको किनारको बाटो लुक्दै जाँदै थिए जाँदा जादै बाटोमा रात पर्यो त्यस्पछि नदि किनारको गुफामा बास बस्ने योजना बनाउदै थिए। त्यसैबेला त्यहि बस्ने हिमाण्ड नाम गरेको राक्षसले मान्छेको गन्ध पाएपछि त्यो नरभक्षी राक्षसले आफ्नी बहिनी हिमान्डीलाई मारेर ल्याउन आदेश दिए । हिमाण्डी जव पाण्डवहरुको बध गर्न गै भीमसेनको भिमकाय रुप देखेर मन्त्रमुग्ध भै र सिधै भीमलाई बिवाहको प्रस्ताव राखि ।

तर भीमले ठाडै अस्विकार गरे पछी हिमाण्डीलाई पछी सार्दै हिमाण्ड आफै भीमसेनलाई मार्न अधि सरे तर आफै सकिय । यसरी हिमाण्ड नरभक्षी राक्षसको बध भएको नगर हिमाण्ड नगर हुदैं शहरको नाम अहिले हेटौडा हुन गयो र हाल यो बागमती प्रदेश को राजधानी बनेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button