अन्तर्राष्ट्रियसमाचार

पहिरोमा परेका १२० जना अझै बेपत्ता

टोकियो ।
जापानमा पहिरोमा परेका १२० जना अझै पनि बेपत्ता नै रहेका छन् । 

गत शनिबार विहान आएको पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेपनि अहिलेसम्म पनि नभेटिएका हुन् । 

देशको मध्य भागमा पर्ने अतामी सहर क्षेत्रमा अत्यधिक बर्षपछि ठूलो पहिरो गएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । 

अतामी सहरका मेयरले घटनास्थलका विभिन्न ठाउँमा उद्धारकर्ताहरू परिचालन गरिएको भएपनि सफलता प्राप्त हुन नसकेको उल्लेख गर्नुभयो ।  

घटनास्थलबाट २२ जनालाई उद्धारकर्ताहरुले जीवितै उद्धार गरेका छन् भने अहिलेसम्म सात जनाको मात्रै शव भेटिएको छ ।

प्रहरी अधिकारीहरुले अहिलेसम्म तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गर्न सकिएको बताएका छन् । 

सरकारी अधिकारीहरुले घटना भएको बेला त्यस क्षेत्रमा २१५ जना मानिस रहेको र पहिरो गएको ठाउँमा १३० ओटा घर रहेको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button